संघर्षको लागि तयार रहन प्रचण्डको निर्देशन
राजनीतिराजेश शर्मा२०२६ अगस्ट १८१ मिनेट पढ्ने समय३०८ हेराइ१०७ शब्द संख्या

काठमाडौं २ भाद्र ,
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संघर्षका लागि तयार रहन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार जनविरोधी र राष्ट्रिय स्वाधीनताको विपक्षमा देखिएकोले सडकबाट प्रतिवाद गर्नुपर्ने समय आएको बताएका छन्।
संघीयता,धर्म निरपेक्षता, समावेशी र समानुपातिक लगायत परिवर्तनको मुख्य सम्बाहक आफूहरू रहेकाले नेपाली कम्युनिस्ट पार्टी र यसको नेतृत्वलाई घेराबन्दी गर्ने षडयन्त्र भइरहेकोले सचेत हुनुपर्ने उनको भनाइ छ।
'प्रतिक्रियावादी जाग्नु अघि नै क्रान्तिकारीहरुले धावा बोल्नुपर्ने' प्रचण्डको भनाई रहेको छ ।
देशी विदेशी प्रतिक्रियावादीको उक्साहटमा संविधान उल्ट्याउने दुस्साहस गर्न खोजिएको जिकिर गर्दै उनले संविधान बनाउँदाको सहमतिबाट नभाग्न नेपाली कांग्रेसका दुबै समूहलाई आग्रह समेत गरे।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...