बिपतमा हिमालय स्कुलको सहयोग
समाचारराजेश शर्मा२०२६ सेप्टेम्बर १०१ मिनेट पढ्ने समय२९१ हेराइ८८ शब्द संख्या

काठमाडौं,भाद्र २५ ।
काठमाडौँको कोटेश्वरस्थित हिमालय ईङ्ग्लिस बोर्डिङ स्कुलले गत भदौ १० गते भोटेकोसी तथा त्रिशूलीमा आएको बाढी बाट पीडित परिवारलाई राहत तथा पुनर्स्थापनाको लागि बिद्यालयका विद्यार्थी, शिक्षक र स्कुलको सामूहिक योगदानबाट सङ्कलित रु. १,०१,०००( एक लाख एक हजार) रुपैयाँ सहयोग गरेको छ ।

बाढी पिडितका लागि संकलित रकम बिद्यालयको तर्फबाट आज प्याब्सन काठमाडौको कल्याणकारी कोषमा जम्मा गरेको हो ।
विपद्को घडीमा मानवीय सहायताका लागि एकजुट भै अग्रसरता देखाउनुहुने सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय प्रशासनप्रति हिमालय इङ्लिस बोर्डिङ स्कुलले हार्दिक आभार सहित धन्यवाद समेत प्रदान गरेको छ ।

टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...



