देशकै सबैभन्दा धेरै मतदाता भएको निर्वाचन क्षेत्र बन्यो रामेछाप
समाचारराजेश शर्मा२०२६ नोभेम्बर २०१ मिनेट पढ्ने समय१२९ हेराइ१०६ शब्द संख्या

रामेछाप । रामेछापमा एक वर्षको अवधिमा १ हजार ४२४ जना नयाँ मतदाता थपिएका छन् । नयाँ मतदाता थपिएसँगै जिल्लाको कुल मतदाता सङ्ख्या १ लाख ८९ हजार ३७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा १ लाख ८७ हजार ९५२ जना मतदाता कायम थिए । पछिल्लो विवरणअनुसार उक्त सङ्ख्यामा १ हजार ४२४ जना थपिएका हुन् ।
रामेछापमा दुई नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तह तथा ६४ वडा रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रामेछाप मतदाता सङ्ख्याका आधारमा देशका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा ठूलो निर्वाचन क्षेत्रका रूपमा रहेको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...



