नेकपा सांसदहरुले १५ दिनको तलब भत्ता बाढी पीडित लाई सहयोग गर्ने

काठमाडौं १७ भदौ,
नेपाली कम्युनिष्ट पार्टीको संसदीय दलले आफ्ना सबै सांसद र स्वकीय सचिवको आधी महिना (१५ दिन) को तलव भत्ता बापतको रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
गत भाद्र १० गते रसुवाको भोटेकोसी नदिमा आएको बिनासकारी बाढिका कारण देशले ठुलो जनधनको क्षति ब्यहोर्नु परेको छ ।
बाढिका कारण हालसम्म १२०० जनाले ज्यान गुमाएका छन भने झन्डै ५००० जना हराईरहेका छन । उनीहरुको उद्धार कार्य जारि छ ।
उद्धार र राहतका लागि यस अघि नै नेपालि कम्युनिस्ट पार्टीले प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग गरिसकेको छ भने राहत र उद्धार कार्यमा पार्टीले केन्द्रिय राहत उद्धार टिम नै बनाएर परिचालन गरि रहेको छ ।
नेकपा सम्बद्ध युवा, विद्यार्थी लगाएत जवस मोर्चा संगठनहरु सुरु देखिनै बाढि प्रभावित क्षेत्रमा उद्धार कार्यमा लागिरहेका छन ।
राहतका लागि आवस्यक सामग्री तयार गरि रसुवा र नुवाकोटमा पुगेर प्रत्यक्ष पिडित हरुका साथमा पुगेर सकृय भुमिका निर्वाह गरिरहेको देखिन्छ ।
बाढी प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा कुनै कमि हुन नदिनका लागि नेकपाले आफ्ना सांसद र स्वकीय हरुको
१५ दिनको तलव भत्ता काटेर राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको नेकपा संसदीय दलका सचेतक युवराज दुलालले जानकारी दिनुभएको छ ।
सबै रकम जम्मा गरी एकमुष्ट रुपमा छिट्टै हस्तान्तरण गरिने उनले बताउनु भएको छ ।



