नेकपा सम्बद्ध अनेरास्ववियू बाढी पिडित लाई राहत लिएर रसुवामा

रसुवा - भाद्र १० गते गएको रसुवा भोटेकोसी बाढि पीडितका लागि नेपाली कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले बाढी पीडितलाई राहत वितरण गरेको छ ।
अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठ नेतृत्वको टोलीले रसुवाको नौकुण्ड गाउँपालिका–४, पुगेर २६ जना बाढी पीडितलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।
वडाध्यक्ष नोकेन्द्र तामाङको रोहबरमा ती सामग्री वितरण गरिएको अनेरास्ववियूले जनाएको छ । खाद्यान्न, औषधि, लत्ताकपडा, सोलार, बत्ती, टर्चलाइट, भाडाकुँडा, सरसफाइलगायतका सामग्री हस्तान्तरण गरिएको अनेरास्ववियूले जनाएको छ ।
अनेरास्ववियूका उपाध्यक्ष अशोक थापाले मानवीय सहायता अभियानअन्तर्गत उक्त सहयोग गरेको भन्दै अभियान केबल राहत वितरणमा सीमित नभई विपत्तिमा परेका नागरिकप्रतिको ऐक्यबद्धता, जिम्मेवारी र मानवीयता प्रतिबद्धता भएको बताए ।
विपत्तिमा परेका नागरिकलाई आगामी दिनमा पनि अनेरास्ववियूले आफ्नो क्षमताअनुसार सहयोग गरिरहने उनको भनाइ छ ।



