चीनद्वारा केरुङ नाकाको पहिरोग्रस्त क्षेत्रमा स्याटलाइट र स्वचालित मौसम प्रणाली परिचालन

AI सारांश
भदौ १० गते नेपालतर्फ हिमनदीको खण्ड भत्किएर सुरु भएको भीषण पहिरो सातै मिनेटमा केरुङ नाकासम्म पुगी ठूलो क्षति पुर्याोएको र प्रभावित क्षेत्रमा स्याटलाइट रिमोट सेन्सिङ प्रविधिमार्फत आपत्कालीन आकलन गर्नुका साथै ड्रोन उडान, सडक पुनर्स्थापना र थुनिएको ताल (ब्यारियर लेक) को निरीक्षणका लागि लक्षित मौसम पूर्वानुमान उपलब्ध गराइएको छ।
काठमाडौं । नेपाल-चीन सीमाको केरुङ नाकामा गएको विनाशकारी पहिरोपछि उद्धार, राहत तथा जोखिम न्यूनीकरणलाई तीव्र बनाउन चीनले अत्याधुनिक स्याटलाइट प्रविधि र स्वचालित मौसम प्रणाली परिचालन गरेको छ। चीनको मौसम विज्ञान प्रशासन (सीएमए) ले उद्धार कार्यलाई सुरक्षित एवं प्रभावकारी बनाउन तीनवटा पोर्टेबल अटोमेटिक वेदर स्टेसन स्थापना गरी सञ्चालनमा ल्याएको हो।
भदौ १० गते नेपालतर्फ हिमनदीको खण्ड भत्किएर सुरु भएको भीषण पहिरो सातै मिनेटमा केरुङ नाकासम्म पुगी ठूलो क्षति पुर्याोएको थियो। प्रभावित क्षेत्रमा स्याटलाइट रिमोट सेन्सिङ प्रविधिमार्फत आपत्कालीन आकलन गर्नुका साथै ड्रोन उडान, सडक पुनर्स्थापना र थुनिएको ताल (ब्यारियर लेक) को निरीक्षणका लागि लक्षित मौसम पूर्वानुमान उपलब्ध गराइएको छ।
स्याटलाइट तस्बिरहरूले पहिरोअघि र पछिको क्षति स्पष्ट पारेका छन् भने उद्धार टोलीहरूले प्रभावित स्थलमा राहत सामग्री पुर्यााउन ड्रोनको समेत प्रयोग गरिरहेका छन्।



