ग्यास माग्दै सिंहदरबार गेटमा प्रदर्शन
समाचारराजेश शर्मा२०२६ सेप्टेम्बर ९१ मिनेट पढ्ने समय३४६ हेराइ७७ शब्द संख्या

काठमाडौं । ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारीले आज बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको छ ।
विद्यार्थीहरूले ग्यासका सिलिन्डर बोकेर प्रदर्शन गर्दै विद्यार्थी र सर्वसाधारणले भोग्दै आएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन्।
उनीहरूले बजारमा पर्याप्त ग्यास उपलब्ध गराउन तथा कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रदर्शनमा प्रहरिले हस्तक्षेप समेत गरेको र केहि प्रदर्शनकारी घाइते समेत भएको जानकारी प्राप्त भएको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...



