उत्कृष्ट सामाजिक सेवा पुरस्कार–२०२६ बाट सन्तोष चौहान सम्मानित
समाचारराजेश शर्मा२०२६ अगस्ट १७१ मिनेट पढ्ने समय६२ हेराइ१३७ शब्द संख्या

काठमाडौं । सामाजिक क्षेत्रमा सक्रिय युवा समाजसेवी सन्तोष चौहान “उत्कृष्ट सामाजिक सेवा पुरस्कार–२०२६” बाट सम्मानित भएका छन्।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल अन्तर्गत आयोजित एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ मा चौहानलाई सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याउने करिब ४५ जना युवालाई सम्मान गरिएको थियो। सामाजिक क्षेत्रमा सक्रिय रही समाजसेवा र सामाजिक जागरणमा योगदान पुर्याएको भन्दै चौहानलाई “उत्कृष्ट सामाजिक सेवा पुरस्कार–२०२६” प्रदान गरिएको आयोजकले जनाएको छ।
सम्मानपछि चौहानले पुरस्कारले आफूलाई सामाजिक क्षेत्रमा अझ गम्भीर जिम्मेवारी बोध गराएको नमस्ते एक्सप्रेस लाई बताए। आगामी दिनमा पनि समाजमा विद्यमान विकृति र विसंगतिविरुद्ध निरन्तर आवाज उठाउँदै सामाजिक सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै उनले सम्मानका लागि आयोजक प्रति आभार व्यक्त गरे।
चौहान पछिल्लो समय विभिन्न सामाजिक गतिविधि तथा जनचेतनामूलक अभियानमा सक्रिय रहँदै आएका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...