उत्कृष्ट युवा समाजसेवी पुरस्कार–२०२६ बाट सम्मानित बने अनोज भुजेल
समाचारराजेश शर्मा२०२६ अगस्ट १७१ मिनेट पढ्ने समय७९ हेराइ१०७ शब्द संख्या

काठमाडौ १ भाद्र २०८३,
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रा.लि. र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल अन्तर्गतको ‘एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६’ मा रामेछाप जिल्ला मन्थली नगरपालिका ५ सुनारपानीका अनोज भुजेल “उत्कृष्ट युवा समाजसेवी पुरस्कार–२०२६” बाट सम्मानित हुनुभएको छ।
सामाजिक क्षेत्रमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै उहाँसहित विभिन्न क्षेत्रका करिब ४५ जना प्रतिभाहरूलाई सो समारोहमा सम्मान प्रदान गरियो।पुरस्कार ग्रहण गर्दै उहाँले यो सम्मानले सामाजिक उत्तरदायित्व पूरा गर्न थप ऊर्जा मिलेको बताउनुभयो। साथै, आगामी दिनहरूमा पनि समाजमा विद्यमान विकृति र विसंगति विरुद्ध निरन्तर आवाज उठाउँदै सेवाभावमा समर्पित रहने अठोट व्यक्त गर्नुभयो। उहाँ लामो समयदेखि विभिन्न जनचेतनामूलक अभियान र सामाजिक गतिविधिहरूमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...

