उत्कृष्ट युवा एसियन अवार्डबाट सम्मानित बने रामेछापका रोशन कार्की
समाचारराजेश शर्मा२०२६ अगस्ट १७१ मिनेट पढ्ने समय६६ हेराइ१७८ शब्द संख्या

काठमाडौं १ भाद्र २०८३,
सामाजिक क्षेत्रमा सक्रिय रहेका अखिल(क्रान्तिकारी) रामेछाप का जिल्ला अध्यक्ष तथा युवा समाजसेबी रोशन कार्कीलाई यो वर्षको Asia Global Excellence Award 2026 को “उत्कृष्ट युवा अवार्ड–२०२६”बाट सम्मानित गरिएको छ ।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल अन्तर्गत आयोजित एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ मा कार्की लाई सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याउने करिब ४५ जना युवालाई सम्मान गरिएको थियो ।
राजनितिक तथा सामाजिक क्षेत्रमा सक्रिय रही समाजसेवा र सामाजिक जागरणमा योगदान पुर्याएको भन्दै कार्किलाइ “उत्कृष्ट युवा सम्मान –२०२६” प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्की रामेछाप जिल्ला गोकुलगंगा गाउपालिका वडा न ०३ रस्नालुका स्थानिय बासिन्दा हुन । पछिल्लो समय कार्की गाउमा रहेर बिकाश निर्माणको काममा,स्वास्थ क्षेत्रमा सक्रिय हुँदै आयका छन। कार्की बिगत १५ बर्ष देखि सकृय राजनितिमा छ्न ।
यो सम्मानले आफूलाई सामाजिक क्षेत्रमा अझ गम्भीर जिम्मेवारी बोध गराएको कार्कीले बताए।
आगामी दिनमा पनि समाजमा विद्यमान विकृति र विसंगतिविरुद्ध निरन्तर आवाज उठाउँदै सामाजिक सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै उनले सम्मानका लागि आयोजक प्रति आभार व्यक्त गरे ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...

