ई-स्पोर्ट्स संघ बागमतीको अध्यक्षमा - रबिन बस्नेत
खेलकुदराजेश शर्मा२०२६ अगस्ट २१२ मिनेट पढ्ने समय६६ हेराइ२०८ शब्द संख्या

५ भाद्र , हेटौंडा
ई स्पोर्ट्स संघ बागमती प्रदेशमा सिन्धुपाल्चोकका रबिन बस्नेत अध्यक्ष बनेका छन ।
लामो समय देखि ई स्पोर्ट्स खेलको बिकास र बिस्तारमा सक्रिय रहेका उनलाई आज बागमती प्रदेश खेलकुद बिकास परिषदको सदस्य सचिव स्तरिय बैठक बाट प्रमाणपत्र पदान गरिएको हो ।
ई स्पोर्ट्स संघ बागमति प्रदेशको ९ सदस्यीय कार्यसमिति लाई ३ महिना भित्र साधारणसभा सम्पन्न गर्ने गरि जिम्मेवारी प्रदान गरिएको हो ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश, हेटौडाको मितिः २०८३/०५/०५ को पत्रानुसार खेलकुद विकास ऐन, २०७५ र प्रदेश खेलकुद विकास नियमावली, २०७६ (संशोधन सहित) को व्यवस्था बमोजिम ई- स्पोर्ट्स संघ, बागमती प्रदेश दर्ता गर्ने गरी तपसिल बमोजिमको नौ (९) सदस्यीय ई- स्पोर्ट्स संघ, बागमती प्रदेश समितिलाई स्वीकृति प्रदान गरिएको छ । जसमा रविन बस्नेत अध्यक्ष, सोविन राज रेग्मी र दुधराज तामाङ उपाध्यक्ष,
इराज कुमार राउत सचिव, सुजिता हमाल कोषाध्यक्ष रहने गरि ५ सदस्यीय पदाधिकारी चयन गरिएको छ भने सदस्यहरुमा सुदिन के.सी, सुनिल ढुङ्गाना , किमेस थापा, गणेश भुसाल रहेका छन ।
ई स्पोर्ट्स संघ ईलेक्ट्रोनिक डिभाइसमा खेलिने खेलहरुको बिकास ,सम्बर्द्धन का साथै त्यस लाई ब्यबस्थित गर्न , खेलाडिहरुको उत्पादन , प्रोत्साहन र ई स्पोर्ट्स प्रतियोगिता हरुको आयोजना गर्नका लागि नेपाल सरकारको आधिकारिक संघको रुपमा रहेको छ ।
नेपाल सरकारको १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत ई स्पोर्ट्स खेल सहभागी हुने भएको छ ।
#esports
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...
